प्रदेश एकमा सङ्क्रमण न्यून

<span class='c1'>प्रदेश एकमा</span> <span class='c2'>सङ्क्रमण न्यून</span>

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो २१ जनामा सङ्क्रण देखिएको थियो ।

प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा २६ जनाको पिसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक-एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म पिसीआर र एन्टिजेन दुबै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्