प्रदेश नं १ मा १०३ जनामा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा १०३ जनामा कोरोना सङ्क्रमण

लगातार कोरोना सङ्क्रमण दर घटिरहेको अवस्थामा प्रदेश नं १ मा आज पुनः १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा सात, उदयपुरमा पाँच र प्रदेश बाहिरका दुई जना गरी सो सङ्ख्यामा कारोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ३५ महिलासहित १०६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक महिलासहित चार जनाको मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्