ताप्लेजुङ अस्पतालको स्तरोन्नति शुभारम्भ

ताप्लेजुङ अस्पतालको स्तरोन्नति शुभारम्भ

ताप्लेजुङको जिल्ला अस्पतालको स्तरोन्नति कार्य सुरु भएको छ । पन्ध्र श्ययादेखि ५० श्ययामा स्तरोन्नति गर्ने कार्य शुभारम्भ गरिएको हो ।

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले जिल्ला अस्पतालमा आज आयोजित कार्यक्रममा स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको हो । प्रत्येक स्थानीय तहमा चिकित्सकको दरबन्दीसहितको संरचना र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकार लागिपरेको मन्त्री सम्सोहाङले बताउनुभयो ।

जटिल रोगका लागि मात्र जिल्ला बाहिर उपचारका लागि पठाउनका लागि आवश्यक उपकरण र थप दक्षजनशक्ति प्रदेश सरकारको समन्वय एक महिनाभित्र जिल्ला अस्पतालमा उपलब्ध गराउँने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतमा १५ श्यया अस्पताल हँुदा बिरामीको भुइँमै राखेर उपचार गर्दै आएको जिल्ला अस्पतालका डाक्टर अनिता वाइबाले बताउनुभयो । तर अब ५० श्यामा भएमा जिल्लामै नागरिकले सहज उपचार पाउने वाइबाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्