प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ । ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा ४, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १२, मेचीनगरमा ९, शिवसताक्षीमा ४, कनकाईमा ३, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा २–२, गौरादहमा १, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा ३, बुढीगंगामा २, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनबर्षीमा १–१, सुनसरीको इटहरी र स्थानीय तह नखुलेका ५–५, धरानमा ३, भोक्राहानरसिंहमा १, इलामको रोङमा २, इलाम नगरपालिका र माईमा १–१, उदयपुरको कटारी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३१ महिला र ५४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्