कार्तिके झरीले खहरे र खोलामा बाढी, धानको पाँजा र निन खेतमै डुब्यो

कार्तिके झरीले खहरे र खोलामा बाढी, धानको पाँजा र निन खेतमै डुब्यो

विराटनगर । सोमबार रातिदेखि परेको वर्षाका कारण पूर्वी तराई तथा पहाडी जिल्लाको धानी बालीमा क्षति पुगेको छ । बंगालको खाडिमा र मध्य भारतमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणाालीको संयुक्त प्रभाव नेपालमा परेका कारण लगातार भईरहेको वर्षाले धान बालीमा क्षति पुगेको हो ।

मौसम पूर्वानुमान महाशाखाले अझै बिहीबारसम्म यसको प्रभाव रहने जानकारी गराएको छ । मंगलबार, बुधबार र बिहीबार समेत प्रदेश १ मा सामान्य बदली, मेघगर्जनसहित भारी वर्षाको संभावना पूर्वानुमान महाशाखाद्वारा सूचनामा जारी गरिएको छ ।

लगातार परेको वर्षाका कारण पाकेको धानमा ठूलो क्षति पुगेको छ । धान भित्र्याउन काटिसकेको धानको पाँजा र निन समेत खेतमा जमेको पानीमा डुबेर उम्रने चिन्ता किसानलाई परेको छ ।
वर्षाका कारण पहाडी भेगका खहरे र खोला उर्लिदाँ तराईका नदीमा बाढीको जोखिम बढेको छ । कार्तिकमा परेको पानीले तराईमा डुबान र पहाडमा पहिरोको जोखिम बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्