बाढीले उर्लाबारीमा बितण्डा

<span class='c1'>बाढीले उर्लाबारीमा</span> <span class='c2'>बितण्डा</span>

उर्लाबारी । खोला बस्तीमा पछि स्थानीय त्रासमा,रातभर जाग्राम (फोटो फिचर) उर्लाबारी ।

अविरल वर्षासँगै मावा खोलामा नदीमा आएको बाढीले उर्लाबारी ९ उच्च जोखिममा परेको छ। मौसममा आएको परिवर्तनसँगै भएको अविरल वर्षाका कारण बाढी बस्तिमा पसेपछि स्थानीयको धानबाली चौपाय धनमाल बगाएको छ । यहाँको छिन्ताङ्गे टोल,सेम्बुटोल,बोर्डरलाईन,महाराजस्थानमा निक्कै क्षति पुगेको छ । क्षतिको लागत संकलन भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए। नदीको वहाब बढेकाले काठ उतार्न, माछा मार्न, पानीसँग खेल्न र नदी खोला नजिक नजान सबैमा आग्रह गरिएको छ । उर्लाबारी ९ छिन्ताङ् टोलका बिष्णु चोङ्बाङ्ले पानीले हिजो धानबालीमा मात्र क्षति पुयाएको पनि रातिदेखी बस्तिमा नै पसेपछि ज्यानको जोखिम बढेको बताउ । उनले राहत भन्दा स्थायी तटबन्धन गरिदिन सरकार समक्ष माग गरेका छन् ।

वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेका धानबालीमा ठूलो क्षति पुर्याएको छ। पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन्। लगातारको वर्षाले नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी डुवेको छ। खेतबारी बगरमा परिणत भएको छ । धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ। काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको स्थानीय राजन घिमिरेले बताए। धान काटिसकेको भए पनि चुट्न बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको उनको भनाइ छ।

बस्तीमा खोला पसेपछि स्थानीय ज्यान जोगाउन भागदौड गर्दै जाग्राम बसेका थिए। बाढीले दर्जनौ घर परिवार विस्थापित हुन पुगेका छन्। बाढीका कारण ग्रामीण सडकमा क्षति पुगेको छ। सयौं रोपनी खेत पनि बगाएको छ। बाढीको कारण मोरङको उर्लाबारी वडा नं। ७ मा ३ घर र १ गोठमा पूर्ण क्षति गरेको छ । उर्लाबारी–७ का बलबहादुर रोक्का, राजु मगर, टिकामाया सार्कीको घर र प्रकाश घिमिरेको गोठ पूर्ण रुपमा क्षति पुगेको उर्लाबारी वडा नं। ७ का सदस्य निरोज तिम्सिनाले जानकारी दिए । साथै मावा खोलाको पुलमा पनि क्षति पुगेको उनले बताए । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बाढीका कारण समस्या परेको स्थानहरुमा तत्काल रोकथामका काम अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन्। मेयर फागोले उर्लाबारी वडा नं. १, २, ३, ४, ७, ८ र ९ का विभिन्न स्थानहरुमा बाढीले क्षति पुर्‍याएको स्थानहरुको स्थलगत निरीक्षण गर्दै तीब्र कटान भइरहेका स्थानहरुमा रोकथामका लागि अस्थायी तटबन्धन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

बाढीले बितण्डा मच्चाएपछि नेपाली कांग्रेसका मोरङ् जिल्ला सभापति डिगबहादुर लिम्बू, नेपाली कांग्रेस उर्लाबारी सभापति सुरेन्द्र लिम्बू,वडा सभापति कैलाश थापा मगर, उर्लाबारी ९ का वडा अध्यक्ष बम फ्याक,समाजसेवी सिता कार्की,लोलिम पोमुलगायतले स्थलगत पुगेर निरीक्षण गर्दै सहयोगका लागि पहलकदमी गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्