हगंकगंबाट विश्वभर ब्यवसाय गर्ने नेपाली यूवा

हगंकगंबाट विश्वभर ब्यवसाय गर्ने नेपाली यूवा

नेपालीहरु विश्वभरि फैलिएका छन्, फैलिँदै छन् । कोही अध्ययन गर्दैछन्, कोही काम गर्दैछन् अनि थोरै मात्र ब्यवसाय गर्दछन् । यसरी नेपालबाहिर रहेर व्यबसाय शुरु गरेर विश्वभरिनै सेवा पूर्याउन तल्लीन एकजना युवाको कथा, आज आवर बिराटनगरमा ।

इटहरीका तुलसी उप्रेती सन् २०१३ मा पहिलोपटक समुन्द्रपारी हंगकंग पुगेका हुन् । शुरुवातमा निर्माण कामदारका रुपमा गुजारा गरेतापनि उनमा व्यबसाय गर्ने एउटा अठोट चाँही शुरु देखि नै थियो । हंकगंमा सहजै निर्माण कामदारको काम आकर्षक मुल्यमा पाइन्छ, यसकारणले पनि त्यहाँ रहेका अधिकांश नेपाली युवाहरु कामप्रति नै आकर्षित छन् । तुलसीले भनें जोखिम मोलेर व्यबसायमा पनि हात हाल्ने निधो गरे ।

आज विश्वभरि नै सेवा पूर्याउने उदेश्यले उनले स्थापना गरेको कम्पनी अम्बाला एसिया सञ्चालन भइरहेको छ ।
चीनका बिशाल कारखानाहरुमा उत्पादन हुने सामानहरु कारखाना मुल्यमा नै किन्न सक्ने पहुँच कमै मात्र नेपाली ब्यवसायीहरु संग थियो । नेपाली व्यापारीहरु नेपालमा नै बसेर सुलभ मुल्यमा चीनवाट सामान शिपीगं गरेर मगाउने उपायको खोजीमा थिए । चीनबाट सामान ल्याउने एउटा होडबाजी झैं थियो र नेपाली व्यापारीहरु पनि यस होडवाजीमा होमीएका थिए । दैनिकजसो नयाँ नयाँ सामान ल्याउने प्रतिस्पर्धा थियो तर चीनवाट सामान ल्याउने सहज तवरका विषयमा अधिकांश साना नेपाली व्यबसायीहरु अन्यौलमा नै थिए ।
आयात निर्यातका कुरामा अधिकाश साना तथा मझौला नेपाली व्यबसायीहरुले धेरै झन्झट बेहोरेको पाइन्छ, यसै कुरालाई सहजीकरण गर्न सकेमा नेपाली ब्यवसायीहरुलाई निकै सजिलो हुने कुरामा दुईमत थिएन ।

तुलसीले हगंकगं बस्दा चीनको कारखाना र बजार बुझे, नेपाल को बजार केहि हदसम्म उनले बुझेका नै थिए । चीनमा आयोजना भएका बिभिन्न एक्सपोमा गएर त्यहाँका कारखाना , उत्पादक र बजारतन्त्रका बारेमा बुझेपनि तुलसीले अब व्यबसाय हुरु गर्ने सोच बनाए । यहि सोच अनुरुप अम्बाला एसिया नाममा कम्पनी शुरु गर्ने बिचार गरे । यो सन् २०१७ को कुरा हो । त्यसपछि यिनले एउटा वेबसाइट बनाएर त्यसमा सामानहरुको पोर्टफोलियो र कारखाना मुल्य राखे । जति उत्साहका साथ यिनले ब्यवसाय थाले त्यति उत्साहका साथ ब्यापार भनें शुरुवाती दिनमा हुन सकेन । तुलसीमा पनि हतासपना नआएको हैन तर आफ्नो ब्यवसायका लागि बजार तयार भइनसकेको बुझेर यिनी ब्यवसायमा जुझिरहे ।
सन् २०१९ मा अम्वाला एसियाको भातृ कम्पनीका रुपमा एजी एक्सप्रेस स्थापित भयो । एजी एक्सप्रेस कार्गो र कुरियर स्थापना गरि हाल चीन र हगंकगंबाट नेपालमा सहजै साना तथा मझौला व्यबसायीहरुलाई सामान अयात निर्यातमा सहजीकरण गरिरहिएको छ । यति मात्र नभई हगंकगंमा रहेका नेपालीहरुले आफ्नो व्यक्तिगत सामान तथा उपहारहरु समेत यहि कुरियर मार्फत नेपाल पठाँउदै आएका छन् । संभवत चीन र हगंकगंबाट सामान नेपाल निर्यात गर्ने सबैभन्दा सस्तो कम्पनी नै अम्बाला एसियाको भातृ कम्पनी एजी एक्सप्रेस हो ।
नेपाल तिनकुनेमा यिनको कार्यलय छ । नेपालमा रोजगारी श्रृजनामात्र नभई साना तथा मझौला नेपाली ब्यवसायीहरुका लागि पनि सुलभ मुल्यमा सहज रुपमा चीनवाट सामान ल्याउने सहज तरिका तुलसीले स्थापना गरे ।
एजी एक्सप्रेस हंगकंगले नेपालका प्रमुख शहरहरुमा घर दैलो पार्सल सामान डेलिभरी सेवा (हवाई, सामुन्द्रीक, स्थल (By Air, By Sea, by land) कार्गो, डकुमेन्टस कूरियर सेवा हंगकंग र चीन वाट विश्वका कुनैपनी देसमा सामान, पार्सल कुरीयर वा कार्गो गर्ने सेवा दिदै आएको छ ।

तुलसीले स्थापना गरेको कम्पनी मात्र कोभिड १९ को प्रकोपमा बिभिन्न स्वास्थ र सुरक्षाका सामाग्रीहरु सुपथ मुल्यमा बिभिन्न अस्पताल र स्वास्थ केन्द्रमा पूर्ति गरियो । ‘नेपालको स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउनका लागि प्रभावकारी सामग्री पठाउने तथा ल्याउने काममा हामीले कुनै सम्झौता गर्ने छैनौं’, उप्रेती भन्छन्,‘अहिले स्वास्थ्य सामग्री कम भएका कारणले नै परिक्षणमा पनि तिव्रता नभएको गुनासो नहुनेगरीका सामग्री तयार छन् ।’
कम्पनीले चीनबाट यस्ता सामग्री झिकाउँदै आएको छ । सर्जिकल, मेडिकल प्रडक्ट, प्रडक्ट सोर्सिङमात्र होइन, पेमेन्ट ह्यान्डलिङ, कस्टम क्लियरेन्सलगायतका काममा पनि सहयोग गर्न सक्ने अध्यक्ष उप्रेतीले जानकारी दिए ।
‘सहज जानकारी लिन र सम्पर्कमा आउनका लागि हाम्रो सामाजिक सञ्जालको अम्बाला एसीयाको पेजमा पनि जान सकिन्छ । यहि बेला समन्वय र सहकार्य गरी मुलुकलाई महामारीबाट चाँडो भन्दा चाँडो मुक्ति दिलाउन सक्नेगरी योगदान दिन खोजेका हौं’, उप्रेती भन्छन् ।

नेपाली तुलसीले हगंकगंमा गएर थालना गरेको व्यवसायका लागि शुभकामना छ । आगामी दिनमा पनि आवर बिराटनगरमा यस्ता उत्प्रेरणात्मक कुराहरु लिएर आउनेछौ ।

हाल कम्पनीको शाखा यि स्थानमा छन् :

AG EXPRESS (HK) LIMITED. 98-C, G/f, Chung King Mansion, 36-44 Nathan Road, Tsim Sha Tsui, Hongkong. WhatsApp/call: +852-66559296 /+852 65777048.

JORDAN-SUB BRANCH: 4G INTERNATIONAL HK LIMITED. SHOP C-2, G/F, 340 CANTON ROAD , NEAR AUSTIN MTR EXIT ‘F’ AND JORDAN EXIT ‘C2’. CALL: +852-98737261/27486011

YAUMATEI SUB-BRANCH: DANTAKALI STORE. 2A, WING SING LANE, G/F, YAUMATEI, NEAR EXIT ‘C’ CALL: +852-90737261.

YUEN LONG SUB -BRANCH: Gurkha Cafe & Provision Ltd Shop 1C, Kin On Building, No 77-81 On Lok Rd,, 1-5 Tung Tai Street ,Yuen Long CALL:+852-94177004

9779851188316 , Bharat Chauhan
Nepal , National Director

प्रस्तुती: सुयोग ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्