प्रदेश १ : विश्वासको मतको प्रस्ताव आज टेबुल हुने, मतदानको सम्भावना न्युन

प्रदेश १ : विश्वासको मतको प्रस्ताव आज टेबुल हुने, मतदानको सम्भावना न्युन

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले लिनुपर्ने विश्वासको मतको प्रस्ताव आज प्रदेशसभामा टेबल हुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सो प्रस्ताव टेबुल हुने भएको हो । मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा पेश गर्ने भएपनि मतदान हुने/नहुने बारे टुङ्गो लागेको छैन् । आज मतदानभन्दा पनि राजीनामा दिने सम्भावना बलियो देखिएको एक सांसदले बताएका छन् ।

बैठकअघि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बमोजिम मुख्यमन्त्री आचार्यले राजिनामा दिने सम्भावना बढी देखिएको उनले दाबी गरेका छन् । सत्तारुढ दल एमाले मतदानलाई सकेसम्म पर धकेल्ने प्रयासमा छ । तर, विपक्षी गठबन्धन भने शुक्रबार नै मतदान गराउनुपर्ने पक्षमा छ ।

भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो । संसद् स्थगन गरेर सभामुखले सरकारी इच्छा पूरा गरिदिएको विपक्षीले बताएका थिए ।

सत्तारूढ दल नेकपा एमालेका ५१ सांसदमध्ये १० जनाले एकीकृत समाजवादी रोजेपछि हाल मुख्यमन्त्री आर्चाय नेतृत्वको सरकार अल्पमतमा परेको छ । नयाँ सरकार गठनका लागि भने हाल विपक्षी गठबन्धनमा भने ५० सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्