मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगित

<span class='c1'>मोहम्मद अफताव आलमको</span> <span class='c2'>मुद्दाको सुनुवाइ स्थगित</span>

काठमाडौं, कात्तिक ५ गते । सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगित गरेको छ । शुक्रबार सर्वोच्चले न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा आलमको सुनुवाइ तोकिएको थियो । भट्टराई र सुवेदीको सुंयुक्त इजलासले आलमको मुद्दाको सुनुवाइ स्थगित गरेको हो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित भएको बताउनुभयो । आलममाथि २०६४ चैत २७ गते भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इट्टाभट्टामा जलाएर मारेको अभियोग लागेको छ । आलममाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्