प्रदेश १ : विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान आईतबार मात्र

प्रदेश १ : विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान आईतबार मात्र

विराटनगर । अल्पमतमा परेका प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आईतबार विश्वासको मत लिने भएका छन् ।

आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकको सहमति बमोजिम मुख्यमन्त्री आचार्यले आईतबार विश्वासको मत लिने भएका हुन । आजको प्रदेशसभामा बैठकमा भने मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसुची छ । मुख्यमन्त्रीद्वारा प्रस्तुत प्रस्ताव टेबुल भईसकेपछि आवश्यक छलफल समेत हुनेछ । तर, मतदान भने आईतबार मात्र हुने बैठकमा सहभागी एक सांसदले बताए ।

शुक्रबारको बैठकमा भने मुख्यमन्त्री राईले प्रदेशसभा समक्ष विश्वासको मत माग्नेछन् । त्यसपछि मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा दलीय प्रतिनिधित्वको आधारमा नेताहरुले धारणा राख्नेछन् ।

भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर, आफू अनुकूल संविधानको व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो । संसद् स्थगन गरेर सभामुखले सरकारी इच्छा पूरा गरिदिएको विपक्षीले बताएका थिए ।

सत्तारूढ दल नेकपा एमालेका ५१ सांसदमध्ये १० जनाले एकीकृत समाजवादी रोजेपछि हाल मुख्यमन्त्री आर्चाय नेतृत्वको सरकार अल्पमतमा परेको छ । नयाँ सरकार गठनका लागि भने हाल विपक्षी गठबन्धनमा भने ५० सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्