हुल बाँधेर आउने हात्तीले धान सखाप

<span class='c1'>हुल बाँधेर आउने हात्तीले</span> <span class='c2'> धान सखाप</span>

झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट आउने जङ्गली हात्तीका कारण हैरान छन् । बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश गर्ने र किसानको पाक्न लागेको धान बालीमा रात बिताउने गर्छ ।

हरियो हुन थालेदेखि रातभर गोठालो लागेर धान जोगाएका किसानले पाकेपछि जोगाउन नसकेको बताए । मेचीनगर–४ मिलन चोकमा १५० बिघा धान हात्तीले खाइदिएर सखाप पारेपछि किसान अब के खाने भनेर चिन्तामा परेको स्थानीय शङ्कर लुइँटेलले बताउनुभयो । उहाँका अनुसार ५० किसानले लगाएको थान दुईदिनमा हात्तीले खाइदिएको हो । “एकातिर भर्खरै आएको बेमौसमी पानीले आधाजसो धान ढालेर खत्तम बनाइदिएको थियो”, स्थानीय किसान सन्देश पौडेलले भन्नुभयो, “बाँकी रहेको पनि राति नै हात्तीले सबै खाइदियो ।” उहाँले दैनिक ५० देखि ६० वटा हात्ती हुल बाँधेर आउने गरेका बताउनुभयो ।

धेरैको सङ्ख्यामा आउने हात्तीलाई लेखेट्नसमेत समस्या भइरहेको पीडितले बताए । स्थानीय सरकार, डिभिजन वन कार्यालय झापा र प्रहरीसँग समेत बाँकी रहेको पाँकेको धान जोगाइदिनका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । बाहुनडाँगीमा दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीले दुःख दिइरहेको छ भने बुद्धशान्ति, अर्जुनधारा, दुहावढी, चन्द्रगढीलगायत क्षेत्रमा रैथाने हात्तीले पाकेको धान खाएर दुःख दिइरहेको किसानको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्