जनकपुर–जयनगर रेल छिट्टै संचालनमा आउँछः मन्त्री यादव

<span class='c1'>जनकपुर–जयनगर रेल छिट्टै संचालनमा</span> <span class='c2'>आउँछः मन्त्री यादव</span>

जनकपुरधाम, कात्तिक ५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनकपुर– जयनगर रेल सेवा छिटट्ै सञ्चालनमा आउने बताउनुभएको छ । सरकारले आवश्यक तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शुक्रबार जनकपुर उद्योग वाणिज्य संघका पदाअधिकारीहरुले रेल सञ्चालन विषयमा बुझाएको ज्ञापनपत्र बुझदै उहाँले रेल सञ्चालनका विषयमा भारतीय पक्षसँग आजै छलफल हुने र समग्र अवस्था बुझेर सरकारले अगाडि बढ्ने बताउनुभयो ।

रेल्वेसम्बन्धी परिमार्जित विधेयक सरकारले अध्यादेश मार्फत ल्याएर भएपनि छिटट्ै संचालन गर्ने पक्षमा रहेको मन्त्री यादवले बताउनुभयो । सदन अवरोध रहेका कारण रेल्वेसम्बन्धी पूर्व विधेयक राष्ट्रियसभामा अड्केको जानकारी दिनुहुँदै मन्त्री यादवले कानुनी प्रक्रियाले व्यवस्थापन गरेर चाँडै सरकार रेल्वेसम्बन्धि नयाँ अध्यादेश ल्याउने बताउनुभयो ।

मन्त्री यादवले विकास र जनसरोकारको सवालमा सबै एक हुनुपर्ने भन्दै विकास निर्माणमा राजनीति नगर्न आग्रह गर्नुभयो । एकले अर्काको खुटट तान्ने प्रवृतिका कारण देश र समाजको विकास हुन नसकेको पनि उहाँले चर्चा गर्नुभयो । विकास सवैका लागि भएकाले नागरिक समाज तथा आम जनतालाई निगरानी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

वर्तमान सरकार रेलसहित सडक, यातायातलाई पनि प्राथमिकताका साथ विकास गर्ने पक्षमा रहेको भन्दै आफनो घर अगाडि हुने विकासका काममा चासो लिएर गुणस्तरीय काममा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । विकासका लागि आम नागरिकको खबरदारी आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यक्रममा जनकपुर–जयनगर रेल्वेको विगतदेखि वर्तमान अवस्थाकावारेमा जानकारी दिदै जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल चौधरीले रेल सञ्चालन नभएकाकारण त्यसको असर व्यापार व्यवसायमा परेको बताउनुभयो । आम नागरिकलाई भारतवाट आयात हुने विभिन्नखालको सामग्रीमा बढी मुल्य तिर्नु पर्ने बाध्यता भएको उहाँले जानकारी गराउनुभयो ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बुझाउनु भएको ज्ञापनपत्रमा जनकपुर क्षेत्रको आर्थिक सामाजिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि रेल महत्वपुर्ण यातायातको साधन रहेकोले जनकपुर–जयनगर रेलसेवा छिटट्ै सञ्चालनमा ल्याउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्