सीप तालिम सञ्चालन गरिने

सीप तालिम सञ्चालन गरिने

गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ५ गते । वैदेशिक रोजगार बोर्डले विभिन्न १६ विधामा निःशुल्क एक महिने सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । उक्त तालिम वैदेशिक रोजगारीबाट फर्केका र नेपालमै सीप सिक्न चाहने सबैलाई लक्षित गरी सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

सुरक्षा गार्ड, प्लम्बर सहायक, स्टिल फिक्सर, डकर्मी, सटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, असिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, वेटर, हाउस किपिङमा बोर्डले तालिम दिन लागेको हो । यस्तै असिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सहायक टायल मार्बल फिक्सचर्स, जुनियर फर्निचर मेकर सहायक आल्मुनियम फेब्रिकेटर र जुनियर ब्युटिसियनको तालिम सञ्चालन गर्न बोर्डले जानकारी दिएको छ ।

तालिम लिनका लागि पालिकाले वा वडाले नै किटानी सिफारिस गरेको हुनुपर्नेछ । तालिम लिइसकेपछि निःशुल्क सीप परीक्षण पनि हुनेछ । तालिम कम्तीमा एक महिनाको हुने बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर अहिले पनि कतिपय व्यक्तिलाई तालिम दिने काम भइरहेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिक र देशभित्र आवश्यक दक्ष श्रमिक उत्पादन गर्न लक्ष्यका साथ तालिम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

बोर्डका अनुसार गत आर्थिक वर्षमा तीन हजार ७०० जनालाई तालिम उपलब्ध गराएको र चालू आर्थिक वर्ष २०७८÷७९ मा १० हजारलाई सीपमूलक तालिम दिने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्