खेतबाली सखाप हुँदा परिवार पाल्ने चिन्तामा बाढीपिडित

खेतबाली सखाप हुँदा परिवार पाल्ने चिन्तामा बाढीपिडित

स्मारिका थुलुङ राई
इटहरी । बेमौसमी बर्षासँगै आएको बाढीपहिरोका कारण सुनसरीमा ठुलो जनधनको क्षति भएको छ ।कात्तिक १ गतेबाट परेको अविरल वर्षाका कारण पानीको जलस्तर उच्च भएसँगै आएको बाढीले सुनसरीको विभिन्न स्थानीय तहमा ठुलो जनधनको क्षति भएको हो । धरान उप–महानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा मात्र बाढीका कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । सुनसरीकै रामधुनी नगरपालिकामा समेत बाढीले ठुलो क्षति भएको छ ।

रामधुनी ३ स्थित राधाकृष्ण टोलका सयौं परिवार बाढीका कारण विस्थापित भएका छन् । यसक्षेत्रमा मानवीय क्षति नभएपनि भौतिक र अन्नबालीमा ठुलो क्षति भएको स्थानीयले बताएका छन् । बाढी गएको ४८ घण्टाभन्दा समय बितिसक्दा पनि जनप्रतिनिधिले भने यसक्षेत्रको डाटा समेत संकलन नगरेको स्थानीयको गुनासो छ । उनीहरुले राहत माग गरेका छन् ।

खोलाको दीर्घकालिन तटबन्ध नगरिँदा प्रत्येक बर्षका यहाँका जनताले बाढीको सामना गर्नुपरेको छ । सामान्य खेती किसानी गरेर दैनिकी चलाउँदै आएका यहाँका स्थानीय परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । खोला किनारका बासिन्दा जोखिममुक्त ठाउँमा स्थानान्तरण गर्ने र खोलामा तटबन्ध निमार्ण गर्ने बिषयमा सरोकारवालाका ध्यान जानु अत्यन्तै आवश्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्