कुखुरा फर्ममा बाढी ३ करोड बराबरको क्षति

कुखुरा फर्ममा बाढी ३ करोड बराबरको क्षति

स्मारिका थुलुङ राई
इटहरी । बेमौसमी वर्षापछि आएको बाढीका कारण सुनसरीको बराहक्षेत्रस्थित बराह लाइभ स्टक प्रा.लि. मा ३ करोड बराबरको क्षति भएको छ ।

बराहक्षेत्र ४ स्थित बराह लाइभ स्टकले व्यावसायिक रुपमा पालन गर्दै आएको कुखुरा फर्ममा बाढी पस्दा २१ हजार कुखुरा मरेका छन् । सोमबारदेखिको लगातारको वर्षाका कारण स्थानीय खोलामा आएको बाढी फर्ममा पसेको थियो । बाढीले लेयर कुखुरा, अन्डा, मेसिनरी सामग्री र भवनमा समेत क्षति पुर्याएको छ । फर्मका सञ्चालक नविन कुमार चौधरीका अनुसार २३ हजार कुखुरामध्ये २१ हजार कुखुरा, अण्डा, मेसीनरी सामाग्री र भवन गरि झन्डै तीन करोड बराबरको क्षति भएको हो । क्षती बारे स्थानीय सरकार र सम्बन्धित निकायलाई जानकारी गराएको चौधरीले जानकारी दिएका छन् ।

दुई महिना अघिबाट मात्रै अण्डा दिन सुरु गरेका २१ हजार लेयर्स कुखुरा मरेपछि खोर नै रित्तो भएको छ चौधरीले वताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्