बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण

सुदूरपश्चिममा बाढीपहिरापीडितलाई राहत वितरण सुरु गरिएको छ । प्रदेश सरकारले आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण थालेको हो ।

हेलिकोप्टरमार्फत राहत सामग्री ढुवानी गरेर प्रदेशका पहाडी जिल्लामा सो राहत सामग्री वितरण गर्न थालिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो । क्षतिको विवरण सङ्कलन गरिसकेकाले बाढीपहिरो प्रभावितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागेको उहाँले बताउनुभयो ।

कसैले पटक–पटक पाउने र कोहीले एक पटक पनि नपाउने गुनासोबाट मुक्त हुन सरकारसँग सहकार्य गरेरमात्रै राहत उपलब्ध गराउन प्रदेशमा कार्यरत सबै गैरसरकारी संस्थालाई निर्देशन दिइएको मन्त्री जोशीले बताउनुभयो । बाढीले बढी क्षति पु¥याएको क्षेत्रमा मात्र राहत वितरण गर्न लागिएको छ । पहाडी क्षेत्रमा सडक अवरुद्ध भएकाले बाढीपीडितलाई राहत वितरण गर्न समस्या भएको उहाँको भनाइ छ ।

राहत प्याकेजमा चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल र स्वास्थ्य सामग्री छ । आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीसहितको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम छ । सुदूरपश्चिममा हालसम्म बाढी पहिरामा परी ४३ जनाको ज्यान गएको छ भने २२ बेपत्ता छन् । यस्तै १७ जना घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्