बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते

<span class='c1'>बेवारिसे बम विस्फोट हुँदा</span> <span class='c2'>दुई जना घाइते</span>

गाेरखापत्रसमाचारदाता
सुर्खेत, कात्तिक ६ गते । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर ७ मा रहेको कट्कुवा सामुदायिक बनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बम विस्फोट हुँदा दैलेखको गुराँस गाउँपालिका ६ का २१ वर्षिया लीला नेपाली र १४ बर्षिय नरेश परियार घाइते भएको बताएको छ । कार्यालय प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तिले घाँस दाउरा काट्न गएको समयमा बम विस्फोट हुँदा दुवैजना घाइते भएका थिए ।

घाइतेहरुको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । बिहान पौने ११ बजे बम विस्फोट भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्