थप ५१३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप ५१३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख ८५ हजार ३४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९३ हजार ९८० छ । पछिल्लो समय थप ८१७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ८६ हजार ६८० पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

थप आठको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ६३ हजार ७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्