दोलखाको कुमारी भवन निर्माण सम्पन्न

दोलखाको कुमारी भवन निर्माण सम्पन्न

बाबुराम शर्मा
गाेरखापत्र
चरीकोट, कात्तिक ६ गते । गत भूकम्पले भत्काएको दोलखाको भीमेश्वर नगरपालिका– २ ऐतिहासिक सहर दोलखाको कुमारी भवन स्थानीय युवाको अगुवाइमा निर्माण सम्पन्न भएको छ ।

सम्बन्धित निकायले बनाइदिने आशमा लामो समय कुर्दा नबन्ने देखेपछि स्थानीय युवाले आर्थिक सहयोग जुटाएर पुरातात्विक हिसाबले भवन निर्माण सम्पन्न गरेको भवन निर्माण उपभोक्ता समिति प्रमुख सल्लाहकार तथा वडा नम्बर २ का अध्यक्ष विराज श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नु भयो, “सुरुमा वडाबाट १५ लाख रुपियाँ सहयोग भएपछि दाताहरुबाट लाखौँ रुपियाँ सङकलन भएपछि भवन निर्माण सम्पन्न गर्न सकिएको हो ।” दुई तले भवन निर्माणमा ८५ लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो ।

भवन निर्माणका लागि स्थानीय व्यवसायी लक्ष्मण श्रेष्ठबाट १० लाख, डा. प्राचित श्रेष्ठबाट दुई लाख पाँच हजार ५५५ लगायत ७० लाख रुपियाँ सङकलन भएको छ । कुमारीकै अर्को भत्किएको भवन पनि निर्माण गर्ने बताएको छ । यहाँ वर्षमा एक पटक हिले जात्राको पाँच दिन भैरव कुमारी जात्रा निकाल्ने गरिन्छ । जात्राबारे जानकार स्थानीय तीर्थनाराण जोशीका अनुसार परापूर्व कालदेखि जात्रा चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्