विराटनगर । मोरङको धनपालथान–७ कदमाहास्थित ९ गाउँको दुईसय बाढी पिडितलाई राहत वितरण गरिएको छ ।
स्थानीय गड फादर इङग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रदीप कुमार मण्डलले बाढी पिडितहरुलाई राहत वितरण गरेका हुन् । मण्डलले शनिबार बिहान व्यक्तिगत रुपमा उनीहरुलाई राहत स्वरुप १/१ बोरा भुजा वितरण गरेका हुन् । केहीदिन यता परेको अत्याधिक वर्षाका कारण घरबाट विस्थापित परिवारलाई लक्षित गरि राहत वितरण गरिएको उनले बताए । उनले बाढीपिडितलाई राहत दिने बिषयमा स्थानीय गाउँपालिका समेतले बिशेष चासो नदिएकाले आफु अग्रसर भएको जानकारी दिए ।
मण्डल विगत २०७६ सालदेखि विद्यालयका प्रधानाध्यापक छन् । उनले शनिबार भने कुल ३० हजार मुल्य बराबरको राहत वितरण गरेका हुन् ।