प्रदेश १ : कांग्रेसका केही फ्लोर क्रस गर्ने भएपछि प्रदेशसभा बैठक रोक्न माग

प्रदेश १ : कांग्रेसका केही फ्लोर क्रस गर्ने भएपछि प्रदेशसभा बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेसका केही सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि आईतबारको प्रदेशसभा बैठक स्थगित माग गरिएको छ ।

आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्न लागेको खबर पाएपछि कांगे्रसले बैठक लिखित निवेदन सहित आईतबारको बैठक स्थगित गर्न माग गरेको हो । आफु अनुकुल संविधानको व्याख्या गर्दै आएका मुख्यमन्त्री आचार्र्यले आज विश्वासको मत लिनुपर्ने छ । विश्वासको मतका लागि मुख्यमन्त्री आचार्यले शुक्रबार नै संसदमा प्रस्ताव पेश गरिसकेका छन् । सोही बमोजिम आजको बैठक बोलाईएको छ । तर, कांगे्रसका केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन लागेको खुलेपछि बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन परेको छ ।

यद्यपि कांग्रेसको निवेदनमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको निरिक्षणका लागि प्रदेश १ को आउन लागेको बिषय उल्लेख गरिएको छ । ९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनले औपचारिकता पाएसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । उनलाई बहुमतका सिद्ध गर्नका लागि ४७ सांसद आवश्यकता पर्ने भएपनि उनीसँग हाल ४१ सांसद मात्र छन् ।
त्यहीँ मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार ढाल्न ५ दलीय विपक्षी गठबन्धनसँग ५१ सांसद छन् ।

विपक्षी गठनबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भाबी मुख्यमन्त्रीका रुपमा सर्वसम्मत प्रस्ताव गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्