बाजुरामा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

<span class='c1'>बाजुरामा १६ हजार बालबालिकालाई</span> <span class='c2'>भिटामिन ‘ए’ खुवाइँदै</span>

बाजुरा जिल्लाका सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । आजदेखि भोलि सोमबारसम्म सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका १६ हजार बालबालिकालाई सो क्याप्सुल खुवाउने कार्यक्रम रहेको बाजुरा जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले राससलाई जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बालबालिकालाई खुवाइने भिटामिन ‘ए’ स्थानीय तहका सामुदायिक स्वास्थ्य केन्द्र, इकाइ र स्वास्थ्य चौकीमा पुगिसकेको छ । सोही कार्यक्रममा पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने र यसका लागि जिल्लाभरका महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । यसभन्दा पहिले कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० देखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको र जुकाको औषधि भने विसं २०५६ बाट खुवाउन थालिएको हो ।

एक घरमा आगलागी, लाखौँको क्षति

जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ महतीमा शनिबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ । सोही गाउँपालिका–३ महतीका स्थानीय कार्तिके ल्वारको घरमा आगलागी भएको हो ।

आगलागीबाट घर जलेर पूर्णरुपमा क्षति हुनाका साथै सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले राससलाई बताउनुभयो ।

आगलागीबाट ल्वारको घरमा रहेको अन्नपात, लुगा, कपडा, भाँडाकँुडासहित रू तीन लाख जलेर नष्ट भएको स्थानीय कोपिला सिंहले बताउनुभयो । क्षतिको विवरण नआएकाले केकति भयो भन्नेबारे भन्न नसकिने प्रहरी निरीक्षक नाथले बताउनुभयो । दिउँसो १ बजेतिर भान्छाबाट आगो सल्केर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्