भारतबाट फर्केकाहरुको सीमानाकामा स्वास्थ्य परीक्षण, ३९१ मा कोरोना पुष्टि

<span class='c1'>भारतबाट फर्केकाहरुको सीमानाकामा स्वास्थ्य परीक्षण,</span> <span class='c2'>३९१ मा कोरोना पुष्टि</span>

सिराज खान
गाेरखापत्र
नेपालगञ्ज
भारतका विभिन्न ठूला सहरमा रोजगारी गरेर चाडपर्व मनाउन स्वदेश फर्केका दुई लाख ५१ हजार भन्दा बढी नेपालीको जमुनाहा नाकामा स्वास्थ्य परिक्षण गरिएको छ । परीक्षणबाट ३९१ जनामा कोभिड पुष्टि भएको छ ।

कोरोनाको तेस्रो लहरको सम्भावनालाई मध्यनजर गरेर भारतका जोखिममा सूचिकृत ठूला सहरमा काम गरेर फर्किएका नेपालीमा कोभिड देखिएको छ । स्वास्थ्य जाँच गरेर शंकास्पदको कोरोना परिक्षण गरेपछि मात्रै नेपालमा छिर्न दिने व्यवस्था गरिएको छ ।

गत दुई महिनाको अवधीमा भारतबाट फर्किएका दुई लाख ५१ हजार ८७२ जनाको स्वास्थ्य परीक्षण गरिएकामध्ये ज्वरो र रुघाखोकी देखिएका ३८ हजार ६५५ जनाको एन्टिजेनमार्फत कोरोना परिक्षण गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

परिक्षण गरिएकामध्येबाट ३९१ जनामा कोरोना पुष्टि भएको जनाउँदै तीमध्ये सामान्य अवस्थाकालाई सम्बन्धित जिल्लामा पठाइएको र जटिल समस्या देखिएकालाई उपचारका लागि भेरी अस्पतालमा पठाइएको बताउनुभयो ।

कोभिड महामारी पुष्टि भएकालाई नाकाबाटै अलग गरेर सुरक्षित रुपमा सम्बन्धित ठाउँमा पठाउन सफल भएकोले कोरोना संक्रमण फैलिन नपाएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रकाअनुसार सीमा नाकामा अत्याधुनिक हेल्थ डेस्क राखेर स्वास्थ्य परिक्षण नगरिएको भए अवस्था जटिल बन्न सक्ने अवस्था थियो । भारतबाट आउने अधिकांशको स्वास्थ्य जाँच गरिएकोले संक्रमण फैलिन नपाएको केन्द्रको भनाई छ ।

भारतको गुजरातबाट फर्किनु भएका दैलेख नौमुलेका राजन थापाले जमुनाहा नाकामा सबैको ज्वरो परिक्षण गरिएको बताउनुभयो । आफ्नो समुहमा रहेका कसैलाई पनि ज्वरो र रुघाखोकी भएको नपाइएकाले सहज रुपमा भित्रिन पाएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमण भित्रिन नदिन नाकामा कडाई गरिएको जमुनाहा प्रहरीले जनाएको छ । जमुनाहा ईलाका प्रहरी कार्यालयका प्रमुख सई मिनबहादुर विष्टले नाकामा जनपथ र शसस्त्र प्रहरीले संयुक्त रुपमा भारतबाट फर्किने सबैको स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको बताउनुभयो । ज्वरो, रुघाखोकी भएकालाई सिधै हेल्थ डेस्कमा पठाएर एन्टिजेनमार्फत कोरोना परिक्षणपछि मात्र नेपाल छिर्न दिइएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्