किरा लागेका मिठाईहरु बिक्री गर्न राखेको भेटिएपछि विराटनगरको बेबी स्वीट्सलाई कारबाही

<span class='c1'>किरा लागेका मिठाईहरु बिक्री गर्न राखेको</span> <span class='c2'>भेटिएपछि विराटनगरको बेबी स्वीट्सलाई कारबाही</span>

विराटनगर । वणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण, खाद्य प्रविधि तथा गुण नियन्त्रण र मोरङ प्रशासनको टोलीले नियमित बजार अनुमगनलाई निरन्तरता दिएको छ ।

टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को पुर्णपालना हुनुपर्ने उद्देश्यसहित बजार अनुगमनलाई निरन्तरता दिएको हो । टोलीले आईतबार विराटनगर–६ स्थित संयुक्त रुपमा सञ्चालित बेबी स्वीट्स हाउस र कोल्ड सेन्टरको अनुगमन गरेको छ । टोलीको संयुक्त अनुगमनको क्रममा बेबी स्वीट्स हाउसले उद्योगमा सरसफाईको न्युन पालना गरेको, कामदारले पिपिई प्रयोग नगरेको, उत्पादनस्थलमा ढुसी परेको र किरा लागेका मिठाईहरु बिक्री वितरणका लागि तयारी अवस्थामा राखेको फेला परेको छ । बेबी कोल्ड सेन्टरले पनि भारतबाट गैह्रकानुनी रुपमा आयातित खाद्यवस्तु बिक्री वितरण गरिरहेको भेटिएको छ ।

न्युनतम मापदण्डको समेत पालना नगरेको र उपभोक्ता संरक्षण ऐनको अवहेलना गरेको भेटिएपछि खाद्य प्रविधिले स्विट्स हाउसलाई ३ दिनभित्र उत्पादनस्थलको सरसफाई गर्ने र १ महिनाभित्र उत्पादनस्थल स्थानान्तरण गर्ने निर्देशन दिएको छ । बिमल कुमार मेहताद्वारा सञ्चालित उक्त उद्योगमा गुणस्तरहीन भेटिएका करिब १० केजी मिठाईहरु नष्ट समेत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत शंकर न्यौपानेले बताए । उनले उद्योगलाई १० हजार जरिवाना समेत गरिएको जानकारी दिए । यस्तै अनुगमनका क्रममा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मुकेश कुमार मेहताद्वारा सञ्चालित बेबी कोल्ड सेन्टरलाई समेत गैह्रकानुनी रुपमा आयातित वस्तु बिक्री गरेको आरोपमा २० हजार जरिवाना गरेको छ ।

आईतबार भने वाणिज्य कार्यालयका प्रमुख सन्तोष पोखरेल, कार्यालयका नायब सुब्बा दिर्घ घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत शंकर न्यौपाने र दिनेश सुवेदी तथा जिल्ला प्रशासन कार्यालय मोरङकी खरिदार राधा खवास लगायतको टोलीले अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्