दशैंमा मौका छोपेर मोटरसाइकल र चारथान मोवायल चोरी गर्ने पाँचजना पक्राउ

दशैंमा मौका छोपेर मोटरसाइकल र चारथान मोवायल चोरी गर्ने पाँचजना पक्राउ

विराटनगर । इटहरी प्रहरीले चोरीमा संलग्न आरोपमा पाँचजनालाई नियन्त्रणमा लिइएको छ । इटहरी क्षेत्रमा चोरी गर्ने तीनजना र बेलबारीबाट हराएको मोटरसाइकलमा सवार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले गत असोज २२ गते धरान–इटहरी गर्ने क्रममा बसमा सवार रहेको बेला एकलाख पाँच हजार मूल्य पर्ने आईफोन चोरी गरेको आरोपमा बसका सहचालक मोरङ रंगेली–२ का मो.हुसेनलाई पक्राउ गरेको छ । उनी विरुद्ध चोरी मुद्दामा २० दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ ।

यसैगरी असोज ३० गते राती इटहरी–१० को एकघरमा प्रवेश गरेर भिभो, लाभा र लेनोभो कम्पनीका तीनथान मोवायल चोरी गरेर भाग्दै गरेको अवस्थामा सुन्दरहरैंचा–५ का धिरज राईलाई पक्राउ गरेको छ । उनी विरुद्ध थप अनुसन्धानका लागि १५ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

यसैगरी असोज ३१ गते राती इटहरी–६ पूर्व–पश्चिम राजमार्गमा चेकिङका क्रममा मोरङ बेलबारी–४ का एन्जल गुरुङ र सवार सुनिल श्रेष्ठलाई मोटरसाइकल चोरी आरोपमा पक्राउ गरेको छ । उनीहरु सवार प्र–१–०२–४३ प १४८३ नम्बरको मोटरसाइकल असोज २६ गते मालपोत कार्यालय बेलबारी अगाडीबाट हराएको थियो । त्यहि मोटरसाइकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि थप अनुसन्धान गर्न इलाका कार्यालय बेलबारी पठाएको हो ।

यसैगरी असोज २७ गते इटहरी–१२ खनारमा बिद्युत प्रवाह गर्ने तामाको तार चोरी गरेको आरोपमा स्थानीय सुमन चौधरीलाई तारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्