विराटनगर।
आकृति रानी फुयल |
साधुमार्गी जैन धर्मावलम्बि संघ बिराटनगरले ' सेभ लाइफ गिभ ब्लड ' भन्ने मूल नाराका साथ संयुक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर स्थित सेन्ट्रल मलमा हिजो आयोजित कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको साधुमार्गी समता युवा संघका सचिब रोशन जैनले जानकारी दिए ।
आवर बिराटनगर संग कुरा गर्दै जैन भन्छन् ,' कोरोना कहरका बिचमा रगतको अभाव बढी देखिएकोले त्यसलाई मध्यनजर गर्दै आचार्य नानेशको २२ औं पुण्य स्मृति साथै आचार्य श्री रमेशको 'आचार्य पदारोहण दिवस ' को उपलक्ष्यमा साधुमार्गी जैन संघ बिराटनगर, साधुमार्गी महिला संघ र साधुमार्गी समता युवा संघको संयुक्त आयोजनामा आफुहरुले कार्यक्रम सम्पन्न गरेको उनले जानकारी दिए।
उक्त कार्यक्रममा साधुमार्गी जैन संघ बिराटनगरका अध्यक्ष रमेश गोल्छा, साधुमार्गी महिला संघकि अध्यक्ष प्रभा पिञ्चा, साधुमार्गी समता युवा संघका अध्यक्ष गौतम भुरा लगायत समितिका पदाधिकारीहरुको उपस्थिति रहेको उनले बताए। साथै उनले रक्तदान कार्यक्रममा बिराटनगर रेडक्रस सोसाइटीले यस्तो महामारीका समयमा यति पिन्ट संकलन हुनु भनेको राम्रो कुरा भएको बताएको जानकारी दिए ।
रोशन भन्छन्,' कोरोना महामारीको समय भएर होला हिजो रगत दिने भन्दा ज्यादा लिनेको बढी संख्या थियो ।