बस दुर्घटना अपडेट : घाइते भएका दुईको मृत्यु

<span class='c1'>बस दुर्घटना अपडेट :</span> <span class='c2'>घाइते भएका दुईको मृत्यु</span>

फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्