पाक्न लागेको लाखौं मूल्यको सनपाट बाढीबाटै बग्यो

<span class='c1'>पाक्न लागेको लाखौं मूल्यको</span> <span class='c2'>सनपाट बाढीबाटै बग्यो</span>

हरि काेइराला/गाेरखापत्र

उर्लाबारी दक्षिणी मोरङको धनपालथान ७, कदमाहाका किसान यतिबेला पुर्पुरोमा हात लगाएर बस्न वाध्य छन् ।

गत बुधबार मध्यरातमा आएको लोहोन्द्रा खोलाको बाढीले खाडीमा तोपेको सनपाट सबै बगाएपछि उनीहरू पुर्पुरोमा हात लगाएर बस्न वाध्य भएका हुनु् । दुई दिनपछि सनपाट धुने(तुल्याउने) योजना थियो – धनपालथान ७ कदमाहाका मोहम्मद असलमले भन्नुभयो– अढाई विगाहाको सनपाट धुनलाई शुक्रबार जन खोजेको थिएँ । बुधबार राति नै लोहोन्द्रा सबै बगाइदियो । असलमले भन्नुभयो–आफ्नो ज्यान र परिवार जोगाउनै गाह्रो भयो । खाडीको सनपाट कसरी बचाउनु ? आँखै अगाडि झण्डै चार लाख मूल्यको सनपाट लोहोन्द्राले बगाएको घटना उहाँले अझै बिर्सिन सक्नु भएको छैन् । उहाँले थप्नुभयो– यो वर्ष प्रतिमन चार हजार दुई सय रुपियाँले किनबेच भइरहेको छ । अढाई विगाहामा ८०÷९० मन सनपाट हुन्थ्यो । तीते सनपाट अलि अघि पाक्ने भएकोले धेरैले बाली भित्र्याका थिए । तर,असलमलाई यो वर्ष तोसा सनपाटबाट धेरै आम्दानी लिने सोच आयो । उत्पादन असाध्यै राम्रो थियो । तर, सबै मेहनत र पसिना खोलाले बगाइदियो ।
राति एक्कासी लोहोन्द्रा उर्लेर आउँदा असलमको मात्र होइन, मोहम्मद नसीजको पनि ५ कट्ठाको सनपाट खाडीबाटै बग्यो । नसीजले भन्नुभयो –सनपाट बगायो ,धानबाली सबै बालुवा र लेदो पु¥यो । मोहम्मद कुसुद झनै पीडित हुनुहुन्छ । अधियाँ गरेको बाली सबै खोलाले बगाएपछि कसरी साहुलाई तिर्ने चिन्ताले उहाँको आँखामा निन्द्रा छैन । कुसुदले भन्नुभयो – एकै रातमा सबै सम्पत्ति खोलाले बगायो । न घरमा अनाज रह्यो । न अब पाक्ने बालीसँगै आस गर्ने ठाउँ रह्यो ।
गत वर्ष प्रतिमन तीन हजार पाँच सय रुपियाँमा विक्री गरेको सनपाटको मूल्य अझै बढ्न सक्ने किसानहरू बताउँछन् । धनपालथान ७ का रामप्रसाद यादवले भन्नुभयो – यो वर्ष पाँच हजार रुपियाँ मन पुग्छ । बाढी आउनु दुई दिन अघि खाडीबाट सनपाट तुल्याउनु भएका रामप्रसादले बेलैमा धोएर निकाले पनि लगातारको वर्षाले सुकाउन पाउनु भएन । ६० घण्टा लगातार पानी प¥यो । अरु दुई दिन पानी परेको भए सबै कुहिन्थ्यो । यादवले सनपाट तुल्याउने आधुनिक प्रविधि नहुँदा किसानले ठूलो आर्थिक घाटा ब्यहोर्नु परेको दुःखेसो गर्नुभयो ।

फाइल फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्