काठमाडौं सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुबीचको छलफल सकिएको छ । सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयलाई बन्दी बनाउन नहुने भन्दै निकास दिनुपर्ने माग राखेका थिए ।
‘मंगलबार प्रधानन्यायाधीशसँग उहाँहरुको छलफल सकिएको छ । छलफलको विषयवस्तुबारे अहिले जानकारी आएको छैन । यस पश्चात् उहाँहरु छुट्टै छलफल गर्दै हुनुहुन्छ भन्ने आएको छ ।’, सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।