एमालेको देशैभरमा पालिका अधिवेशन सुरु

<span class='c1'>एमालेको देशैभरमा पालिका</span> <span class='c2'>अधिवेशन सुरु</span>

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशैभरको सात सय ५३ वटा पालिकाहरुमा मंगलबार एकसाथ अधिवेशन सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयको वार रुमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको भर्चुअल माध्यममार्फत औपचारिक उद्घाटन गर्नुभएको हो ।एमाले अध्यक्ष ओलीले देशैभरका सबै पालिका र विशेष ईलाकाहरुको अधिवेशन उद्घाटन भएको उद्घोष गर्नुभएको हो ।

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्दैछ । जस अनुरुप यसअघि कात्तिक ६ गते एमालको छ हजारभन्दा बढी वडाहरुमा अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको देशैभरको वडा अधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो ।

एमाले विधान अनुसार गाउँपालिका र नगरपालिका बढीमा ७५ सदस्यीय कमिटी गठन गरिने व्यवस्था छ ।

यसैगरी, उपमहानगरपालिकामा ८५ र महानगरमा १०१ सदस्यीय पार्टी कमिटी गठन हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्