विश्वविद्यालय सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने प्रदेश २ सरकारको निर्णय

<span class='c1'>विश्वविद्यालय सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखसमक्ष</span> <span class='c2'>सिफारिश गर्ने प्रदेश २ सरकारको निर्णय</span>

धर्बेन्द्र झा
जनकपुरधाम प्रदेश नं. २ सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखसमक्ष विश्वविद्यालय स्थापना सम्बन्धी दुई वटा अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको निवास मधेश भवनमा सम्पन्न भएको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

कृषि तथा प्राविधिक सम्बन्धि उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समयसापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा संचालनमा नरहेको अवस्थामा अध्यादेश प्रदेश सरकारले सिफारिस गरेको हो । प्रदेश प्रमुखबाट अध्यादेश जारी भएपछि दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्नेछ ।

त्यसैगरी, प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगंजमा सरसफाई, विजुली बत्ति तथा वृक्षारोपण कार्यक्रम संचालन गर्ने निर्णय समेत गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिलासुस्ती एवं गुणस्तरहिन काम गर्ने ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफत देखि कालो सूचिमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम अर्थ मन्त्री साहले बताउनुभयो । बैठकले एसिड पीडित पर्साका मुस्कान खातुनलाई प्रदेश सरकारले थप उपचारको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णयलाई अनुमोदन उहाँले जानकारी दिनुभयो ।
प्रदेश २ सरकारको मन्त्रिपरिषदको बैठकमा सहभागीहरु । तस्विर - धर्बेन्द्र झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्