मकालु क्षेत्रमा डेनिस पर्यटकको मृत्यु

<span class='c1'>मकालु क्षेत्रमा डेनिस</span> <span class='c2'>पर्यटकको मृत्यु</span>

काठमाडौं मकालु आधारशिविर क्षेत्रको शेर्पेनीकोल पासमा एक डेनिस पर्यटकको मृत्यु भएको छ । कात्तिक ३ गतेदेखि अस्वस्थ भएका डेनिस नागरिक राहदानी नम्बर २०८८५२२६५ भएको हेनरिक थोर्वर्जोन एण्डरसोनको मृत्यु भएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी तर्कराज पाण्डेले जानकारी दिनुभयो ।

तीन जना पर्यटक र सात जना नेपालीसहित १० जनाको टोली असोज ३० गतेदेखि सम्पर्कविहीन भएको र त्यसपछि कात्तिक ७ गते सम्पर्कमा आएको उहाँले बताउनुभयो ।

आइतबार मकालु आधारशिविर फर्केर सुरक्षित स्थानमा रहेको जानकारी गराएपछि टोलीलाई हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । शेर्पेनीकोल पास गरेर ताप्लेजुङ क्षेत्र हुँदै पदयात्रामा निस्किएका पदयात्री टेलीलाई गत एक साता अघि भएको खराब मौसमका कारण समस्यामा परेको थियो ।

टप हिमालयन गाइड ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा निस्किएका अन्य दुई डेनिस नागरिक ओला थोर्वर्जोन एण्डरसोन र पिर हेनरिक जोर्गेनसेन सकुशल काठमाडौं ल्याइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्