५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जनाकाे मृत्यु

<span class='c1'>५६९ जनामा कोरोना सङ्क्रमण</span> <span class='c2'>पुष्टि, ११ जनाकाे मृत्यु</span>

काठमाडौं पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी दुई हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६२२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३७२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार २९६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्