मौसमी फ्लूका बिरामी बढे, राजधानीका अस्पतालमा चाप बढ्याे

मौसमी फ्लूका बिरामी बढे, राजधानीका अस्पतालमा चाप बढ्याे

काठमाडौं बर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी पनि बढ्दै गएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । जसका कारण पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा पनि वृद्धि भएको पाइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि केही दिन यता ननकोभिडका विरामीको संख्या वृद्धि भएको छ । अस्पतालका डाक्टर निरज बमले दिएको जानकारी अनुसार दिनमा औषतमा एकसय जनाको दरले मौसमी खालका बिरामीहरु उपचारका लागि आफूकहाँ आउने गरेको बताउनुभएको छ ।
यसरी बिरामीहरु उपचारका लागि आउँदा बेड अभाव भएकाले एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको उहाँको भनाइ छ । अहिले बेड अभाव रहेकाले औषधि सेवन गरेर घरमै बस्ने प्रकृतिका बिरामीहरुलाई औषधि दिएर घर पठाइएको उहाँ बताउनुहुन्छ ।
अस्पतालको आकस्मिक कक्ष पनि नन कोभिडका बिरामीले भरीएको उहाँले सुनाउनुभयो ।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि हिउँदयाम लागेसँगै मौसमी खालका बिरामीहरु बढेको बताउनुभएको छ । अस्पतालमा आउने बिरामीहरुमा रुघा,खोकी,ज्वरो सँगै डेंगुका विरामी पनि आउने गरेका उहाँले सुनाउनुभयो ।
बर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फुल पार्ने भएका कारण पनि अहिले डेंगु रोगको जोखिम रहेको बताउनुभयो । अस्पतालमा आउने सरदर विरामीहमा चार –पाँच जनाका दरले विरामीहरु बढेका बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्