महकालीमा भारततर्फ जाँदै गरेको डुङ्गा पल्टिदा एकको मृत्यु, एक बेपत्ता

<span class='c1'>महकालीमा भारततर्फ जाँदै गरेको डुङ्गा</span> <span class='c2'>पल्टिदा एकको मृत्यु, एक बेपत्ता</span>

गोकर्ण दयाल
बैतडी नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । डुङ्गामा १० जना सवार रहेका थिए ।

बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।
बुधबार साँझ ६ः३० बजे बैतडीको शिवनाथबाट महाकाली नदी तरेर भारत जाँदै गरेको डुङ्गा पल्टिदा एक जना बालकको मृत्यु भएको र एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताउनुभयो ।
प्रहरी निरीक्षक दर्शन खड्काले कोरोना कहरपछि गृह मन्त्रालयले महाकाली नदीमा डुङ्गा चलाउन बन्द गरेको भए पनि अवैध तरिकाले डुङ्गा चलाउँदा दुर्घटना भएकोे बताउनुभयो । घटना बारे अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।कोरोना कहरपछि नेपाल–भारत जोड्ने महकाली नदीका सात वटा घाटबाट डुङ्गा आवत–जातवतमा गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।

गृह मन्त्रालयले महाकाली नदीमा डुङ्गा चलाउन रोक लगाए पनि स्थानीय सरकारले डुङ्गा चल्ने घाटबाट कर उठाउँदै आईरहका छन् ।
महकाली किनार नजिक भारतसँग सीमा जोडिएका बैतडीको शिवनाथ गाउँपाकिला र पञ्चेश्वर गाउँपालिकामा महाकाली नदी तर्ने सात वटा घाट रहेका छन् ।
स्थानीय सरकारले नेपाल–भारत आउनन जान महकाली नदीका डुङ्गाबाट वार्षिक लाखौं रुपियाँ कर उठाउँदै आईरहेका छन् । बैतडीको शिवनाथ गाउँपालिकाबाट भारततर्फ जाँदै गरेका १० जना नेपाली सवार रहेको डुङ्गा पल्टिएको हो । डुङ्गा पल्टिँदा दुईजना बेपत्ता भएकोमा एक बालिकाको शव फेला परिसकेको छ भने एकजना बालक बेपत्ता रहेका अध्यक्ष साउदले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्