नम्बर १ प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता हुँदै

नम्बर १ प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता हुँदै

हरि काेइराला/गाेरखापत्र
उर्लाबारी माेरङकाे लेटाङमा १ नम्बर प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता २०७८ काे आयोजना गरिने भएको छ ।

आयाेजक लेटाङ भलिबल क्लबले बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गरी खेलका विषयमा जानकारी गराएकाे हाे। कात्तिक १४ देखि १६ गते सम्म लेटाङ भलिबल क्लबकाे काेर्टमा प्रतियोगिताकाे आयाेजना हुनेछ । प्रदेश १ का १२ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका विजेतालाई एक लाख एक हजार नगद सहित मेयर कप,ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ,भने ५१ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ। लेटाङ नगरपालिकाको दुई लाख २५ हजार रुपियाँ आर्थिक सहयोगमा प्रतियोगितालाई चाैधरी ग्रुपले प्रायाेजन गर्ने भएको छ। प्रतियोगितामा विभिन्न ५ विधामा उत्कृष्ट पुरस्कार दिइने छ। ।

क्लबका अध्यक्ष ललिलबहादुर लिम्बूले खेलमा प्रदेश भरका सबै राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्