एमालेको स्थायी कमिटीको बैठकमा अपरान्ह बस्दै, दशौं महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे छलफल हुने

<span class='c1'>एमालेको स्थायी कमिटीको बैठकमा अपरान्ह बस्दै, दशौं</span> <span class='c2'>महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे छलफल हुने</span>

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार अपरान्ह ४ बजे बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेको दशौं महाधिवेशन सम्बन्धमा विषय केन्द्रीत रहने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० देखि १२ गते चितवनमा आयोजना हुन गइरहेको छ । दशौं महाधिवेशनको मापदण्ड र कार्यतालिका सम्बन्धमा पार्टीको स्थायी कमिटीको बैठकमा छलफल हुने तामाङले बताउनुभयो । यसैगरी, एमालेको कात्तिक ६ गते भएको वडा अधिवेशन र कात्तिक ९ गते भएको पालिका अधिवेशनको समीक्षा पनि हुने उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्