काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र मसान्तसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रीत हुन निर्देशन दिनुभएको छ । बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिनुभएको हो ।
साथै, प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि समेत निर्देशन दिनुभएको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१० संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो ।
तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । त्यस्तै बैठकमा हाल कोरोना महामारीको अवस्था, चाडवाडको बेला सङ्क्रमणमा कस्तो र नेपाल र अन्तर्राष्ट्रिय अवस्था कस्तो छ भन्ने कुरा छलफल भएको थियो ।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बैठकमा हालसम्म कुल जनसङ्ख्याको ३४ प्रतिशतले कोभिठविरुद्ध खोपको पहिलो मात्रा र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको बारे जानकारी दिएको छ ।