कोप–२६ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जानुहुँदै

<span class='c1'>कोप–२६ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री</span> <span class='c2'>देउवा शुक्रबार बेलायत जानुहुँदै</span>

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप–२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार बेलायत भ्रमणमा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवासहित नेपाली प्रतिनिधिमण्डलको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । परारष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार अक्टोबर ३० मा प्रधानमन्त्री देउवाले सर्वदलीय संसदीय समूह र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिनुहुने र सम्बोधन गर्ने हुनुभएको छ ।

यसैगरी, अक्टोबर ३१ मा देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुने छ । सोही दिन बेलायतका लागि नेपाली कार्यवाहक राजदूतले लण्डनमा आयोजना गर्नुभएको रिसेप्सनमा भाग लिनुहुने कार्यतालिका रहेको छ ।

रिसेप्सनमा देउवाले नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस–गोर्खा संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्नु हुनेछ । यसैगरी, नोभेम्बर १ मा प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलनमा भाग लिनु हुनेछ । उक्त सम्मेलनमा प्रधानमन्त्रीले नेपाली मुद्दासहित सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ ।

त्यस्तै, नोभेम्बर २ को बिहान प्रधानमन्त्री देउवा बेलायी प्रधानमन्त्री बोरिस जोन्सन र सांसदहरुले सरकार प्रमुखहरुको सम्मेलनमा आयोजना गर्ने ब्रेकफास्टमा सहभागी हुनु हुनेछ । सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री देउवाले विभिन्न मुलुकका सरकार प्रमुखसँग भेटवार्ता गर्नु हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार नोभेम्बर ३ मा प्रधानमन्त्री देउवा एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गर्नु हुनेछ । त्यस अवसरमा देउवाले त्यहाँ उपस्थित हुनुभएकालाई सम्बोधन गर्ने र नेपाली बगैंचामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

नोभेम्बर ४ मा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप–२६) सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डको ग्लास्गोमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्