गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्

<span class='c1'>गुनासो भए नागरिक एपमा</span> <span class='c2'>निःशुल्क फोन गर्नुस्</span>

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन् ।

सरकारले फुल भर्सनमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले टोल फ्रि नम्बर (निःशुल्क फोन लाग्ने) र भाइबर हेल्प डेस्क सुरु गरेको जनाएको छ । जसअनुसार अब नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले एपमा समस्या आए ११०१ मा फोन गरेर गुनासो टिपाउन सक्नुहुनेछ ।

यस्तै, एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर +९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय एपमार्फत सवारी साधनको राजस्व तथा लाइसेन्स नवीकरण, पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रम राखिएको छ । एपबाटै क्युआर स्क्यान गरेर विभिन्न बैंकमा खाता खोल्न समेत सकिन्छ ।

सुरुआती चरणमा गृहमन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिने छन् । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्