एमाले मोरङ अधिवेशन : दश स्थानीय तहमा नेतृत्व सर्वसम्मत, सातवटा प्रक्रियामा

<span class='c1'>एमाले मोरङ अधिवेशन : दश स्थानीय</span> <span class='c2'>तहमा नेतृत्व सर्वसम्मत, सातवटा प्रक्रियामा</span>

विराटनगर । नेकपा एमाले मोरङको ७ वटा पालिका नेतृत्व चयन अझै हुन सकेको छैन । राज्य पुर्नसंरचनापछिको पालिकास्तरमा भएको प्रथम अधिवेशनबाट १० वटा स्थानीय तहमा नेतृत्व चयन भएपनि बाँकी ७ वटाको अविधेशन हुन नसकेको हो ।

एमालेले कात्तिक ९ गते देशव्यापी पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशन भएका १२ मध्ये कानेपोखरी र बेलबारीमा सर्वसम्मतको पहलका लागि भन्दै रोकिएको नेतृत्व चयन आज सम्पन्न हुनसक्ने बताइएको छ । लेटाङ, उर्लाबारी, धनपालथान, सुनवर्षी र जहदा गाउँपालिकामा शनिबारसम्म सक्ने योजना रहेको नेकपा एमाले मोरङका कार्यालय सचिव नरेन्द्र बरालले जानकारी दिनुभयो । बुढिगंगामा समेत नेतृत्व चयन भएपनि त्यसको विवरण कार्यालयमा आईसकेको छैन ।

हालसम्म विराटनगर महानगरपालिका, रतुवामाई, रंगेली, सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका तथा कटहरी, ग्रामथान, केराबारी र मिक्लाजुङ गाउँपालिकामा भने अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु विराटनगर महानगरपालिकामा अध्यक्ष सागर थापा, उपाध्यक्ष शिल्पा निरौला कार्की, सचिव रोहित कोईराला सहसचिव नवराज नेपाल र जयप्रकाश महतो चयन भएका छन् ।

रतुवामाई नगरपालिका अध्यक्ष देवी दाहाल, उपाध्यक्ष कृष्ण ढकाल, सचिव नेवालाल राजवंशी, सहसचिव हेम कार्की र हरी श्रेष्ठ, रंगेली नगरपालिका अध्यक्ष दलबहादुर बस्नेत, उपाध्यक्ष जीतलाल मण्डल, सचिव शान्तलाल खवास, सहसचिव यशोदा खतिवडा कोइराला र कृष्णकुमार ठाकुरलाई चयन गरिएको छ ।

यसैगरी सुन्दरहरैंचा नगरपालिकामा अध्यक्ष मात्रिकाबाबु ढकाल, उपाध्यक्ष अकलदेबी चौधरी, सचिव सन्तोष घिमिरे, सहसचिव डिल्ली ढकाल र डिल्ली लुईटेललाई चयन गरिएको छ । पथरीशनिश्चरे नगरपालिका अध्यक्ष रमेश दाहाललाई चयन गरिएको छ । यसमा अन्य पदाधिकारीले प्रक्रिया गलत रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

कटहरी गाउँपालिका अध्यक्ष रामनारायण राजवंशी, उपाध्यक्ष सुमनकुमार सरदार, सचिव मनोज माझी, सहसचिव यादव अधिकारी चयन भएका छन् । ग्रामथान गाउँपालिकामा अध्यक्ष कुमार आचार्य, उपाध्यक्ष तुलसीराम विश्वास, सचिव सत्यनारायण माझी, सहसचिव अरबपति गच्छदार र नविन मण्डल थारु चयन भएका छन् ।

मिक्लाजुङ गाउँपालिका अध्यक्ष बुद्धिमान लिम्बू, उपाध्यक्ष वृद्धिलाल निरौला, सचिव नविन कार्की, सहसचिव चन्द्र लिम्बू, केराबारी गाउँपालिका अध्यक्ष पूर्णबहादुर मगर, उपाध्यक्ष राकेश राई, सचिव भीमबहादुर कार्की, सहसचिव सविता लिम्बू र शरण मगर चयन भएका छन् । बुढिगंगामा समेत नेतृत्व चयन भईरहेको कार्यालय सचिव ढकालले जानकारी दिनुभयो ।
एमालले लेटाङ, उर्लाबारी, सुनवर्षी र धनपालथानको नेतृत्व शनिबार चयन गर्ने तयारी गरेको छ । १७ पालिकाका १५९ वडामध्ये १५२ वडाको अधिवेशन सम्पन्न भएको छ । जहदा गाउँपालिकाको ७ वटा वडामा अझै वडा अधिवेशन हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्