वैदेशिक रोजगार सुरक्षित बनाइने

<span class='c1'>वैदेशिक रोजगार</span> <span class='c2'>सुरक्षित बनाइने</span>

गोरखापत्र समाचारदाता

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिनुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रममन्त्री श्रेष्ठले आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रियामा उक्त जानकारी दिनुभएको हो ।

श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा यूएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग भएको छलफल उपलब्धिमूलक भएको मन्त्री श्रेष्ठले बताउनुभयो । कार्यक्रममा यूएईका श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको थियो । नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रूपमा रहेको यूएईमा साढे दुई लाखभन्दा धेरै नेपाली कार्यरत छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, दूतावासका कर्मचारीसहित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्