९२ ग्राम लागु औषधसहित १ जना पक्राउ

<span class='c1'>९२ ग्राम लागु औषधसहित</span> <span class='c2'>१ जना पक्राउ</span>

जानु पाण्डे/गाेरखापत्र
कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ४, चाकरचौडामा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाणगंगा नगरपालिका ४ धनेशपुरका वर्ष २७ को विजय खत्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

सीमा प्रहरी चौकी चाकरचौडाको गस्ती टोलीले बिहीबार दिउँसो १ बजे भारतदेखि नेपाल ल्याउनेक्रममा पक्राउ गरेको हो । भित्री बस्त्रमा राखेर ल्याएको २२ पोका (९२ ग्राम ८२ मिली ग्राम) ब्राउन सुगर बरामद गरेको कार्कीले बताउनुभयो ।

यस वर्ष पक्राउ हुनेमध्ये सबैभन्दा ठूलो परिमाण रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । पक्राउ परेका कार्कीलाई लागु औषध ऐन २०३६ अनुसार मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्