विराटनगर । सूचना तथा संचार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले न्यायालय जनताको विश्वासको धरोहर भएको बताउनु भएको छ । त्यसलाई अझ मजबुत बनाउने सरकारको इच्छा रहेको मन्त्री कार्कीले बताउनुभयो । शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले न्यायपालिका स्वतन्त्र भएको अदालतको आफ्नै भूमिका रहेको बताउनु भएको हो ।
मन्त्री कार्कीले गठबन्धनको नेतृत्वमा सरकार अघि बढेकोले मुलुकमा स्थिरता, दिगो विकास र जनताको चाहनालाई पुरा गर्ने दावी गर्नुभयो । प्रदेश १ सरकारमा आलोपालो गर्ने विषयमा छलफल हुन बाँकी रहेको मन्त्री कार्कीको भनाई थियो । सरकार ‘अर्ली इलेक्सन’ मा जान चाहेको हो भन्ने संचारकर्मीहरूको प्रश्नमा मन्त्री कार्कीले जवाफ दिन चाहनु भएन ।