विराटनगर । नेकपा एकृतिक समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीलाइ आफुहरुले आँट गरेर भँुइमा पछारेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुइ तिहाइको मात लागेर सत्ताको घोडामा सवार केपी ओलीलाई आफुहरुको आँटले भुँईमा पछारिदिएको बताएका हुन् ।
‘दुई तिहाइको मात लागेको, केपी ओलीलाई हामी आफैले आँट गरेर त्यो घोडामा सवार भएको वादशाहलाई भुँइमा पछादिएका हौँ , उनले भने, आज केपी ओली भुईमा पुगिरहेको छन् । आफ्नो दल सत्तामा पुगेको दावी गर्दै उनले भने, ‘सुदुरपश्चिम प्रदेशमा हाम्रो एकिकृत समाजवादी पार्टी एक नम्बरमा झण्डा फहराइरहेको छ, दोस्रोमा माओवादी र तेश्रोमा काँग्रेस केपी ओलीको पार्टी त भुईँमा पछारीएको छ ।’
उनले अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने समेत दाबी गरे । उनले बयलगाडावाला सोँच भएकाहरु मात्रै केपी ओलीको पक्षामा रहेन बताए । क्रान्तिकारी र परिवर्तनकारी सोंच भएकाहरु नेकपा एकिकृत समाजवादीमा आउने उनको भनाई थियो ।
‘केपी ओलीको पछि–पछि भनेको बयलगाडावाला मान्छे मात्रै जाने हुन, ’ उनले भने, ‘क्रान्तिकारी सोच भएका मान्छे, क्रान्तिकारी र परिवर्तनकारी सोँच भएका हामीसँग जोडिन्छन् ।’