चितुवाको छाला र हड्डीसहित तीन पक्राउ

<span class='c1'>चितुवाको छाला र</span> <span class='c2'>हड्डीसहित तीन पक्राउ</span>

कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्टहाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनाको साथबाट चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सागर गेष्टहाउसको कोठा नं २०५ मा बसेका सुर्खेत पञ्चपुरी नगरपालिका–७ निवासी रमेश बयक र वसन्त बिसी तथा बाँके राप्तीसोनारी गाउँपालिका–९ निवासी हिरासिंह विकलाई प्रहरीले चितुवाको छाला र हड्डीसहित नियन्त्रणमा लिएको हो ।

बाँकेमा चितुवा, रेडपाण्डालगायतको छाला र हड्डीको कारोबारका क्रममा प्रहरी पटक–पटक संलग्नलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्