विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित पुर्व(पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् ।
हिजो बेलुका पौने ६ बजे पश्चिम आउदै गरेको बीआर ५० जीए ०३०६ नम्बरको भारतिय लहरीले बिपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदाँ गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो । ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।
यसैगरी झापा अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेका छन् ।
हिजो राती साढे ९ बजे पश्चिम तर्फ जादै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कलवटमा ठोकीएर खोलामा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटि गई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो । अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।लहरीको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।