तिहारको पूर्वसन्ध्यामा पुष्प व्यवसायीलाई फूलको जोहो गर्ने चटारो

<span class='c1'>तिहारको पूर्वसन्ध्यामा पुष्प व्यवसायीलाई</span> <span class='c2'>फूलको जोहो गर्ने चटारो</span>

विष्णुप्रसाद पोखरेल/गाेरखापत्र
दमक । तिहार नजिक आएसँगै झापाका पुष्प व्यवसायीहरुलाई फुलको जोहो गर्ने चटारो छ । गतबर्ष कोरोना महामारीका कारण तिहारमा खासै चहलपहल नभए पछि यो बर्ष फूलको माग बढ्ने भन्दै व्यवसायीहरु फूलको जोहोमा लागेका हुन् ।

भारतबाट तथा स्वदेशमा पनि ब्यवसायिक रुपमा उत्पादन भएको फुल अहिले ल्याएर चिस्यान गृह (कोल्ड स्टोरेज) मा राख्नेक्रम बढेको छ । केहि दिन यता दमकस्थित श्री शान्ति कोल्ड स्टोरेजमा बिभिन्न ठाँउबाट ब्यवसायीहरुले फुल ल्याएर राख्नेक्रम बढेको पाइएको हो ।

कोल्ड स्टोरेजका कार्यकारी प्रमुख सन्तोष अधिकारीकाअनुसार एक साता अघिदेखि फुल ल्याएर राख्नेक्रम बढेको छ । अहिलेसम्म २० गाडि (पिकअप भेन) बढी फुल स्टोरेज भएको अधिकारीको भनाई छ । टोकरीको दरले आउने भएकाले १३ सय टोकरी फुल स्टोरेज भएको अधिकारीले जनाउनुभयो ।

अब एक सातापछि फुलको माग धेरै बढ्ने र फुलको मूल्य पनि बढ्ने भएपछि ब्यापारीले अहिलेदेखि नै फुल ल्याएर भण्डारण गर्ने गरेका छन् । विशेषगरी भारतबाट अहिले सयपत्री फुल भित्रिरहेको छ । भारतमा बुनेर तयार गरेको माला केजीमा विक्री हुँदैआएको छ ।

तिहार आउन थालेपछि सयपत्रि फुलको माग ह्वात्तै बढेको फुल ब्यवसायी साजन शाहले बताउनुभयो । नेपालमाभन्दा २५ देखि ३० प्रतिशतसम्म सस्तोमा भारतीय सयपत्री फुल पाईने गरेको उहाँले बताउनुभयो । यस बर्ष बेमौसमी हावाहुरी र पानीकाकारण झापालगायत पूर्वमा फूल खेतीमा क्षति भएपछि यसपाली भारतीय फूलको आयात बढी हुने व्यवसायीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्