प्रदेश १ : संसद फेश गर्ने मुख्यमन्त्री आचार्यको तयारी

प्रदेश १ : संसद फेश गर्ने मुख्यमन्त्री आचार्यको तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज बस्न गईरहेको प्रदेशसभा बैठक ‘फेस गर्ने’ तयारी गरेका छन् ।

दलका नेताहरुसँग केहीबेर अघि आफ्नै निवासमा बसेको बैैठकमा छलफल तथा परामर्श गर्दै मुख्यमन्त्री आचार्य संसद फेश गर्ने निष्कर्षमा पुगेका हुन् । आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने अथवा राजीनामा दिने आचार्यको तयारी छ । ‘जे हुन्छ सदनमै गर्छु, त्यसकै तयारी छ’ छलफलको निष्कर्ष सुनाउँदै उनले भने ।

प्रदेश १ सरकारको नेतृत्व सम्हालेपछि आचार्यले आजको बैठकमा आफ्नो नेतृत्वमा भएका कामहरुको विवरण प्रस्तुत गर्ने तयारी छ । भदौ १० गते शेरधन राईले राजीनामा दिएपछि आचार्य संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनेका थिए । तर, एमाले विभाजन पश्चात आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । हाल एमालेसँग ४१ सांसद मात्र छन् । सरकारको विपक्षमा रहेको गठबन्धनसँग हाल एमाले नेतृत्वको सरकार ढाल्न ५० सांसद छन् । प्रदेशसभामा नयाँ सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छन् ।

विपक्षी गठनबन्धनले भने प्रदेश १ को भाबी मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्