नवनिर्मित प्रहरी चौकी कोषाहाट ओखलढुंगा भवनको उद्घाटन

<span class='c1'>नवनिर्मित प्रहरी चौकी कोषाहाट</span> <span class='c2'>ओखलढुंगा भवनको उद्घाटन</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतमा रहेको प्रहरी चौकी कोषाहाटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।


चौकीको हाता भित्र सोमबार बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले ८ कोठा भएको प्रहरी चौकी भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो ।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा प्रहरी चौकी कोषाहाटको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।
भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्